गोरखा समाचारदाता
गोरखा – गोरखामा एक जनामा डेंगु रोगको बिरामी भेटिएको छ ।
पौषको दोस्रो हप्तादेखि फागुन मसान्तसम्म गोरखा जिल्लामा १ जना डेंगु रोगको बिरामी भेटिएको हो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका अनुसारले दिएको जानकारी अनुसार जिल्लामा मौसम परिवर्तन भएसंगै देशका अन्य भागमा पनि डेंगु रोगका बिरामी भेटिन शुरु भएको जनाएको छ ।
गोरखा बाहेक पनि बाग्मती प्रदेशको नुवाकोटमा १ जना, काठमाण्डौमा ३ जना, ललितपुरमा ३ जना, रामेछापमा १ जना र मकवानपुरमा १ जनामा डेंगुका बिरामी भेटिएको छ ।
त्यस्तै गण्डकी प्रदेशको म्यादी जिल्लामा १ जना, कास्की जिल्लामा २ जना र नबलपुर जिल्लामा १ जनामा यो रोगको देखिएको छ ।
महाशाखाका अनुसार प्रदेश नम्बर ५ को नवलपरासी सुस्ता पश्चिममा १ जना, रुपन्देहीमा ११ जना, कपिलबस्तुमा १ जना र बाँकेमा १ जनामा पनि डेंगुे भेटिएको छ ।
देशभरीमा अहिले सम्म ३६ जनामा डेंगु देखिए पछि थप उपचारका लागि टेकु अस्पताल पुगेका थिए ।
महाशाखको रेकर्ड अनुसार प्रदेश नम्बर १ को झापामा १ जना, मोरङमा ३ जना र सुनसरीमा २ जना गरि ६ जनामा पनि डेंगु भेटिएको छ ।
यो रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो ।


