गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले भारतसँग रहेका सीमा नाकाहरूमध्ये अध्यागमन र भन्सार कार्यालय जस्ता पूर्वाधार भएका नाकाबाहेक अरूको सञ्चालनमा रोक लगाउने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि यस्तो तयारी शुरु गरिएको हो ।
भारतसँगको खुला आवतजावतलाई पनि निश्चित नाकाहरू तोकेर सिमित बनाउन लागिएको हो । यसबारे परराष्ट्रमन्त्रालयको नेतृत्वमा रहेको संयन्त्रले तयारी अघि बढाएको छ । यसको निर्णय भने भारतसँग दुईपक्षीय वार्ता गरि छिट्टै यसबारे निर्णय गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म नेपाल र भारतबीच भन्सार र अध्यागमन दुवै भएका नाकाहरु६ वटा छन । त्यस्तै अध्यागमनमात्रै नाकाहरु ८ वटा छन् ।
नेपाल र भारतबीच झण्डै १ हजार ८०० किलोमिटर लामो खुला सीमा रहेकाले कोरोना भाइरस संक्रमण फैलिन सक्ने खतरा औल्याइएको हो । भारतमा संक्रमण बढदै गएकाले त्यो नेपाल भित्रने चिन्ता प्रकट गरिएको छ ।


