गोरखा समाचारदाता
पोखरा – नेपाल प्रहरीले आज पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा स्थित विभिन्न अस्पतालमा रगतको अभाव भएको भन्दै प्रदेश प्रहरी कार्यालय पोखराले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा चिप्लेढुङ्गामा भएको खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथी रहेका गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रि हरिबहादुर चुमानले विश्वलाई आक्रान्त बनाएको कोरोना भाईरसका बिरुद्व सबै एक जुट भएर लाग्नु पर्ने भन्दै रक्तदान पनि त्यसैको एक अंग भएको बताए ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२१ पिन्ट रगत संकलन भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
रक्तदान कार्यक्रमको प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङले समेत अबलोकन गरेका थिए । अबलोकनका लागि आएका मुख्य मन्त्रि गुरुङलाई प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी वरिष्ठ उपरिक्षक राजेशकुमारलाल कर्णले कार्यक्रमका बिषयमा जानकारी गराएका थिए ।
मुख्य मन्त्रि गुरुङले उत्त अवशरमा रगत अभावकै कारण कोही कसैको पनि ज्यान खतरामा हुन नहुने भन्दै रगत अभाव हुन नदिन निर्देशन समेत दिएका थिए ।
रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको समेत उपस्थिती रहेको थियो ।


