एजेन्सी – भारत राजस्थानको जोधपुरमा आज विहान भएको दुर्घटनामा एकै परिवारका ११ जनाको ज्यान गएको छ ।
जीप र ट्रली एक आपसमा ठोक्किदा जीपमा सवार ११ जनाको घटनास्थलमै ज्यान गएको हो ।
मृतकहरुमा ४ पुरुष ६ महिला र एक बच्चा रहेका छन् । घाइते ३ जनाको जोधपुर अस्पतालमा उपचार भैरहेको छ ।
नवविवाहित जोडीसहित रामदेवरा दर्शनका लागि निस्केको जीप दुर्घटनामा परेको हो ।
ठक्करपछि जीप ट्रलिको मुनि थिचिएको प्रहरीले जनाएको छ । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।


