एजेन्सी – पछिल्लो समय यूरोपेली देशमध्ये इटलीमा संक्रमण र मृत्यु दर निकै उच्च बनेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् ।
यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १ हजार २६६ पुगेको छ । इटलीमा १७ हजार ६६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।
यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने ५ हजार २३२ जनामा संक्रमण पुष्टि भएको छ ।
जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि संक्रमण उच्च बनेको छ । युरोपमा संक्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि यूरोपबाट आवातजावात बन्द गरेका छन् ।


