गोरखा समाचारदाता
गोरखा – नेपाली काँग्रेसका केन्द्रिय नेता डा.शेखर कोइरालाले केन्द्रिय समितिको बैठक नै नबसी केही मानिसहरुले गरेको निर्णय आफुलाई स्विकार्य नभएको बताए ।
नेपाल प्रेस युनियन गोरखा शाखाले सदरमुकाममा सनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता डा.कोइरालाले उत्त कुरा बताएका हुन ।
नेपाली काँग्रेस गोरखाले २ महिना अगाडी नै तय गरेको कार्यक्रममा सहभागि हुन शुक्रबार गोरखा आएका नेता डा.कोइरालालाई प्रवत्ता विश्वप्रकाश शर्माले कार्यक्रम तत्कालै रोक्न भने पछि सनिबार युनियनले गरेको पत्रकार सम्मेलनमा डा.कोइरालाले केही पदाधिकारी त्यस माथि पनि पुर्व पदाधिकारीहरु बसेर गरेको निर्णय आफुलाई स्विकार्य नभएको बताएका हुन । ‘केन्द्रिय समितिमा छलफल नै नगर्ने अनि दुई चार जना पदाधिकारी र पुर्व पदाधिकारी बसेर गरेको निर्णय मलाई स्विकार्य हुदैन । पदाधिकारी बसेर मात्रै पनि स्विकार्य हुदैन । केन्द्रिय समिति बस्नु परयो या कार्य सम्पादन बस्नु परयो । कार्य सम्पादन बनेको छैन । अनि दुई चार जना पदाधिकारी बस्यो, पुर्व पदाधिकारीहरु बसे, अनि निर्णय गर्दै जाने र हामीले त्यसलाई स्विकारेर हिड्नु परयो भने त्यो भन्दा लाजमर्दो कुरा केही पनि नहुने’ बताए । डा.कोइरालालाई गोरखा जिल्लाको प्रशिक्षण रोक्नका लागि प्रवत्ता शर्माले शुक्रबार फोन गरे पछि कोइरालाले आक्रोश पोख्दै उत्त कुरा गरेका हुन ।
नेता कोइरालाले महाधिवेशनका कार्यतालिका सार्वजानिक भईकेको बेला जिल्लाको जिम्मेवारी समेत हेरफेर गरेर सभापति शेरबहादुर देउवाले आफ्नो वर्चश्व कायम राख्नका लागि नवलपुरको कार्यबाहक सभापतिलाई फालेर अरुलाई नै जिम्मेवारी दिएको भन्दै यस्तो कार्यले नेपाली काँग्रेस विधी, विधानबाट नचलेको स्पष्ट पारे । ‘नेपाली काँग्रेस विधि विधानबाट चलेको छैन भन्ने कुरा स्पष्ट देखिन्छ’ उनले भने ‘नेपाली काँग्रेस भाग बण्डाबाट चलेको देखिन्छ । भाग वण्डा भयो भने सबै कुरा मिलेको देखिन्छ । भाग वण्डा भएन भने आफ्नो हिसाबले चलेको देखिन्छ’ नेता कोइराले भने ।
पत्रकारहरुको फरक प्रश्नमा नेता कोइरालाले कोइराला परिवार तिनै जना विच कुनै मतभेद नभएकोले यो भ्रम बाट मुक्त हुन आग्रह समेत गरे । उनले भने कोइराला परिवार विराशतको राजनितीमा विश्वास गर्दैन र कोइराला परिवारबाट सभापति हुनुपर्छ भन्ने पनि नभएको स्पष्ट पारे ।
नेता कोइरालाले नेपाली काँग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि चुकेको बताए । प्रतिपक्षमा हामीहरुले खेल्नुपर्ने भूमिका, हामीहरुले जसरी खेल्नुपर्ने हो सदन र सडकमा हामीले खेल्न सकिरहेका छैनौ’ कोइरालाले भने ‘त्यसले कता कता हामीहरु पनि विचलीत भएका हौ कि, कमजोर मानसिकता भएको हो कि भन्ने’ आफुलाई लागेको बताए ।


