गोरखा समाचारदाता
काठमाण्डौं – भारतमा फेरी कोरोना संक्रमितका कारण थप १ जनाको ज्यान गएको छ ।
दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षिया महिलाको ज्यान गएको हो ।
मधुमेह र उच्च रक्तचापको समस्या देखिएकी ति महिलाको ज्यान गए संगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । उनको परिवारमा पनि संक्रमण फैलिएको अनुमान गरीएको छ ।
गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका मृक्तकका छोराबाट आमा संक्रमण फैलिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।
भारतमा संक्रमितको संख्या ८२ पुगेको छ । भारत सरकारले अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।
भारतले चैत्र २ गते देखी ०७७ बैशाख ३ गते सम्म बंगलादेशसँगको रेल र बस सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।


