इजेन्सी – इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १६ पुगेको छ ।
इटलीमा बिहीवार मात्रै १८९ जनाको ज्यान गएको हो । इटलीमा बिहीबार २ हजार ६५१ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै गरी १५ हजार ११३ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
भाइरसको उद्गमस्थल चीनमा नयाँ सङ्क्रमण रोकिने क्रममा पुगे पनि युरोपमा फैलदो क्रममा रहेको छ । पछिल्लो समय इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा संक्रमण बढदो क्रममा रहेको छ ।
इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् । कोरानाका कारण चीनमा अहिलेसम्म ३ हजार १७० जनाको ज्यान गएको छ । चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वका १२६ देशमा संक्रमण फैलिइसकेको छ । भाइरसबाट १ लाख ३४ हजार ५१९ संक्रमित भएका छन । जसमध्ये झण्डै ६९ हजार जना निको भएर घर फर्किएका छन् ।
४ हजार ९७० जनाको मृत्यु भएको छ । संक्रमण बढेसँगै विभिन्न देशले यात्रामा कडाइ, नाकाबन्द, भिडभाड हुने सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् ।


