- पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति दिन फैसला
गोरखा समाचारदाता
काठमाण्डौं – अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई करणी सम्बन्धी कसूरमा अदालतले साढे ८ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई कैद सजायसहित १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराई दिन समेत फैसला गरेको छ ।
इजलासले राईविरुद्धको अभियोग दाबी पुग्ने ठहर गर्दै राईलाई ८ बर्ष ६ महिना कैद सजाय र पिडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ती दिन भनेको हो ।
रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले गएको कात्र्तिक ११ गते आफ्नै साथीकी बहिनीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको उजुरी परेको थियो ।


