गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
बिहीबार तोलाको ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार मात्रै नेपाली बजारमा सुन तोलाको ८२ हजार ७०० रुपैयाँ पुगेको थियो । त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ३ हजार घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले यहाँ पनि घटेको महासंघले जनाएको छ । आजै नेपाली बजारमा चाँदीको पनि तोलामा ४० रुपैयाँ घटेर ८२० रुपैयाँमा कारोबार भएको छ ।



