एजेन्सी – अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पिटर शुक्रबार बिहान उठ्ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड(१९ भएको पुष्टि गरिएको हो ।”
अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् ।
मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डुटोन राजधानी सिड्नी गएका थिए ।




















