गोरखा समाचारदाता
धनुषा – रगंहरुको पर्व होलीको दिन अत्याधिक रक्सी पिउदा धनुषामा ६ जनाको ज्यान गएको छ ।
अत्याधिक रक्सी पिएका क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जना र औरही गाउँपालिका २ परवाहा टोलमा १ जनाको जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेको प्रहरीले जानकारी दिएको छ ।
रक्सी पिएका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति ज्यान गएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरकाले जनाएको छ ।




















