एजेन्सी – कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको छ ।
कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय १ व्यक्तिको ज्यान गएको हो । उनी हालै साउदीबाट भारत फर्केको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यकर्मीले उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गएपछि कर्नाटक प्रदेशमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा कल्याण विभागका अनुसार ती मानिससँग सम्पर्कमा आएका सबैजनालाई छुट्टै क्वारेन्टानइमा राखिएको छ ।
ती मानिस कहाँ कहाँ पुगेको र क–कसलाई भेटेको समेत त्यहाँका अधिकारीहरुले सोधपुछ गरिरहेको बताइएको छ ।
भारतमा अहिलेसम्म ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै केरलमा १७, हरियाणा र महाराष्ट्रमा १४/१४ जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै उत्तर प्रदेशमा ११, दिल्लीमा ६, कर्नाटकमा ४, लद्दाखमा ३३ र अन्य ५ वटा प्रदेशमा १/१ जनामा कोरोनामा भइरसको संक्रमण भेटिएको बताइएको छ ।




















