गोरखा समाचारदाता
गोरखा – गोरखा उत्तरी जफतीगाउँबाट बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना बृद्वलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारपाक सुलिकोटको जफतीगाउँमा १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न लागेको भन्दै प्रहरीमा उजुरी परे पछि ७७ बर्षिय बृद्वलाई नियन्त्रमा लिएको हो ।
बारपाक सुलिकोट गाउँपालिका ५ साविक ताकुमाझ लाकुरीबोट गाउँपालिका ७ को जफतीगाउँकी एक १२ बर्षिया बालिकालाई स्थानिय देविबहादुर भट्टले जबरजस्ती करणी गर्न खोजेको भन्दै बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदन दिए पछि नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
स्थानिय नेपाल आर्दश प्राविको कक्षा ५ मा अध्ययन गर्ने उत्त बालिका स्कुलबाट फर्कने क्रममा ललाई फकाई भट्टले त्यस्तो कार्य गर्न लागेको उनकै बहिनीले देखी कराउदा छाडेको भन्ने उजुरीका आधारमा प्रहरी उनलाई घरैबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
नियन्त्रणमा लिएको भट्टलाई जबरजस्ती करणी उद्योगमा मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।




















