गोरखा समाचारदाता
बाँके – बाँकेको कोहलपुरमा आज भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।
कोहलपुरको चौरहा चोकमा भे. १ ख २१२९ नम्बरको मिनिबस र अटो रिक्सा एक आपसमा ठोक्किएर भएको दुर्घटनमा अटोचालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा अटो रिक्सा चालक बाँकेको बैजनाथ गाँउपालिका २ का ४० बर्षिय जयबहादुर रोक्का रहेका छन् । घाइते यात्रुहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्झना चोकबाट नेपालगञ्ज आउँदै गरेको मिनिबसले चोकमै रोकिराखेको अटोलाई ठक्कर दिएको बाँके प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । मिनिबसको लापरवाहीका कारण अटो रिक्सा चालकको ज्यान गएको भन्दै स्थानीयले राजमार्ग अबरुद्ध गरेका हुन् ।




















