गोरखा समाचारदाता
गोरखा – जिल्लामा मानव र बन्यजन्तुको द्वन्द न्यूनिकरण गर्न नेपाल सरकारले २० लाख राहत वितरण गरेको छ ।
बन्यजन्तु संरक्षणका लागि भन्दै स्थापना भएको मनास्लु संरक्षण क्षेत्र सम्र्पक कार्यालयले राहत रकम खर्च वितरण गरेको हो ।
कार्यालयले बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका अनुसार कार्यालयमा सिफारीस भई आएकोे निवदेनको आधारमा साउन देखी फागुन अन्त्य सम्म १९ लाख ८७ हजार ९०० रुपैयाँ राहत वितरण गरेको कार्यालयका सम्र्पक अधिकारी विश्वबावु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार फागुन महिनामा मात्रै ४९ पशु चौपायाको क्षति बापत ५ लाख ७३ हजार २५० रुपैयाँ पशु पालकलाई राहत दिएको बताए ।
कार्यालयले बन क्षेत्र तथा अन्य गाउँ वस्तीमा बन्यजन्तु प्रवेश गरी जीउ धनको क्षति पुरयाएको खण्डमा राहत दिदै आएको छ । हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, व्याँसो, जंगली कुकुर, जंगली बदेल, अर्ना, मगर गोही, गौरी गाई र अजीङगरले मानिस वा मानिसले पालेको पशुलाई क्षति पुरयाएको खण्डमा डिभिजन बन कार्यालयको सिफारीसको आधारमा सम्र्पक कार्यालयले राहत रकम उपलब्ध गराउने गरेको सूचना अधिकारी सुमन अधिकारीले बताए ।
कार्यालयका रेकर्ड अनुसार जिल्लाको हकमा सबै भन्दा बढी चितुवाले बाख्रालाई क्षति पुरयाएको देखिन्छ । साउन यता फागुनको दोस्रो साता सम्म १३६ वटा बाख्रालाई चितुवाले आक्रमण गरी क्षति पुरयाएको छ । त्यस्तै गरी खशी २०, बोका २७, गोरु ७, गाई २, बाच्छी १, बाच्छो १, रागो १, भेडा ३, पाडी ३ र पाडा १ वटा गरी कुल २०२ वटा पशु चौपायालाई चितुवाले क्षति पुरयाएको देखिन्छ ।
गोरखा नगरपालिका, बारपाक सुलिकोट, भिमसेन थापा, शहिद लखन र अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकामा बस्ती नजिक रहेको बन जंगलबाट बन्यजन्तुले घर पालुवा जनावरहरुलाई बढी क्षति पुरयाउने गरेको छ । घना जंगलबाट बस्तीमा आउने त्यस्ता बन्यजन्तुले बाख्रा, खशी, बोका र स्थानिय प्रजातिको गाईलाई क्षति पुरयाएको खण्डमा बढीमा प्रति चौपाया १० हजार गोरु, उन्नत जातको गाई, बाच्छी, बाच्छा, रागो, पाडी र पाडालाई क्षति पुरयाएको खण्डमा बढीमा २० हजार रुपैयाँ सम्म कार्यालयले राहत उपलब्ध गराउदै आएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार साउन र भाद्र महिनामा १ लाख ८५ हजार ९००, असोजमा २ लाख २७ हजार ५०० र कात्र्तिक महिनामा २ लाख ७४ हजार रुपैयाँ राहत वितरण गरीएको थियो । त्यस्तै गरी मंसिर महिनामा २ लाख २२ हजार, पौषमा २ लाख ४६ हजार र माघ महिनामा २ लाख ५८ हजार ५०० रुपैयाँ सम्र्पक कार्यालयले राहत वितरण गरेको थियो ।
गत बर्ष ८१ पशुलाई बन्यजन्तुले क्षति पुरयाउदा ९ लाख ३३ हजार १०० रुपैयाँ राहत वितरण गरीएको कार्यालयले जानकारी दिएको छ ।
बन्यजन्तुले घर पालुवा जनावरको क्षति पुरयाउने र बन्यजन्तुलाई सर्व साधारणले क्षति पुरयाउने भए पछि घरपालुवा जनावरको क्षतिलाई आधार मानि राहत दिनका लागि ०७५ सालमा सम्र्पक कार्यालयको स्थापना गरीएको थियो ।


