गोरखा समाचारदाता
तनहुँ – तनहुँमा आज भएको सवारी दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन ।
जिल्लाको बन्दिपुर गाउँपालिकाको कोरिका भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको ज्यान गएको हो ।
बन्दिरपुर गाउँपालिका ५ को भित्री सडक खण्डको बाउन भञ्ज्याङबाट कोरिका तर्फ जादै गरेको ग.१ त ४८०८ नम्बरको ट्याक्दर दुर्घटनामा परेको थियो । दुर्घटना परी ट्याक्टर चालक गोरखा जिल्ला पालुङटार नगरपालिका ७ च्याङलीका २१ बर्षिय प्रेम कुमाल र सह चालक तनहुँ बन्दिरपुर गाउँपालिका ४ नयाँपुलका २३ बर्षिय राजकुमार परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ ।
ट्याक्टर अनियन्त्रीत भएर सडक भन्दा १५० मिटर तल खस्दा चालक कुमालको घटना स्थलमा नै ज्यान गएको थियो भने गंभिर घाईते भएका सह चालक परियारलाई डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।


