गोरखा समाचारदाता
तनहुँ – तनहुँमा रुखबाट खसेर एक जना पुरुषको ज्यान गएको छ ।
जिल्लाकोे देउती भन्ने स्थानमा रुखबाट खस्दा एक जना पुरुषको ज्यान गएको हो ।
देवघाट गाउँपालिका ५ को देउती खोला भन्ने स्थानमा रुखबाट घाँस झार्ने क्रममा रुखको हागाँ भाँचिएर सोही वडाको पुरानो वस्ती बस्ने ७० बर्षिय लालबहादुर बोटेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहँु दमौलीले जानकारी दिएको छ ।
दिउसो १ बजे रुखको हागाँ भाँचिएर ३० मिटर तल बजारीदा बोटेको घटना स्थलमा नै ज्यान गएको हो ।




















