गोरखा समाचारदाता
गोरखा – गोरखाको देउराली क्षेत्रमा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ ।
गोरखा नगरपालिका १३ को कुडुले भन्ने स्थानमा भिरमा पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो ।
भिरबाट लडे जस्तो गरी भिरमा नै अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक राजु खत्रीले जानकारी दिए । अहिले सम्म पनि शवको पहिचान नभएको र शव कुहिन लागेको अवस्थामा फेला परेको उनले बताए ।
दारी पालेको र कालो वर्णका उनी तराई मुलका जस्तो देखिने ब्यक्तिको शव फेला परेको र घटना स्थलमा प्रहरी पुगी अध्ययन अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।


