गोरखा समाचारदाता
भक्तपुर – पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको हो ।
घरको कम्पाउन्डमा विस्फोट गराइएको छ । प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बम विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए ।
विस्फोटमा ठूलो क्षति भने नभएको प्रहरीको प्रारम्भिक आकलन छ ।
घरको पर्खालमा सामान्य क्षति पुगेको छ । घटनाको कुनै पनि पक्षले जिम्मेवारी लिएको छैन ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिर आएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।


