गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सौरपानी घटनामा घाईते भएकाहरुलाई भेटेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् ।
मंगलबार जीप दुर्घटनामा परि घाइते भएकाहरुको स्वास्थ्य अबस्था बारे बुझन श्रेष्ठ अस्पताल पुगेका हुन ।
राजधानीको ग्रिनसिटी हस्पिटलमा उपचार गराई रहेका ४ जनाको हेरेर श्रेष्ठले चिकित्सकहरुसंग घाइतेको अबस्थाबारे जानकारी लिएका थिए ।
आजै नेकपाका संघिय सांसद चुडामणी खड्का, पूर्वराज्यमन्त्री छमबहादुर गुरुङ लगायतका नेताहरुले समेत अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएका थिए ।
सबैले अस्पताल प्रशासनलाई घाइेतहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । दुर्घटनाका घाईतेहरुलाई माउण्टेन एयरको हेलिकप्टर मार्फत राजधानी ल्याईएको थियो ।
अन्य घाईतेहरुको भने गोरखा अस्पतालमा उपचार भई रहेको छ ।




















