गोरखा समाचारदाता
काठमाण्डौं – चीनले नेपालमा कोरोना भाइरस देखिए औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीको सहयोग र सूचना दिने प्रतिबद्धता जनाएको हो ।
राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिनेमा विश्वास व्यक्त गर्दै समस्या आएमा नियन्त्रणको लागि चीनको पूरा सहयोग बताए । उनले नेपालले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरेको पूर्व तयारीको प्रशंसा गरेका थिए ।
भेटमा राजदूत यान्छीले चीनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरेको कामको अनुभवका बारेमा पनि जानकारी गराएका थिए । भेटमा मन्त्रि भट्टराईले नेपाल सरकारले संक्रमणको पुर्व तयारीको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था गरेको बिषयमा जानकारी गराएका थिए ।


