गोरखा समाचारदाता
काठमाडौं – विश्वभर फैलिएको कोरोना कहरका कारण सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले आज (मंगलबार) कतारका सबै उडान रोकेको छ ।
कतारले नेपालसहित १४ देशका नागरिकलाई अर्को निर्णय नभएसम्म रोक लगाएपछि नेपालबाट त्यहाँ हुने सबै उडानहरु स्थगित गरिएको हो ।
सोमबार देखी हिमालयनले पनि काठमाडौं–कतार उडान बन्द गरेको थियो। नेपाल एयरलाइन्सले तत्काललाई कतार जाने निगमका सबै उडान रोकिएको जनाएको छ ।
कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।


