×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोरोनाभाइरस : सङ्क्रमण नियन्त्रण गर्न सकिने यी दाबी जुन तपाईँले पत्याउनु हुँदैन

  •  
  • मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन। दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्। अन्लाइन माध्यममा व्यापक भएका केही त्यस्ता दाबी र तिनबारे वैज्ञानिकहरूको धारणाबारे हामी यहाँ चर्चा गर्दैछौँ।

    १. लसुन

    सङ्क्रमण रोक्न लसुन खान सुझाव दिइएका पोस्टहरू फेसबुकमा शेअर भएका छन्। विश्व स्वास्थ्य सङ्गठनका भनाइमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ। तर त्यो खाँदा कोरोनाभाइरसको सङ्क्रमण हुँदैन भन्ने प्रमाण छैन। तपाईँ प्रामाणिक चिकित्सकीय विधि पनि अवलम्बन गरिरहनुभएको छ भने धेरै परिस्थितिमा यस्ता औषधि हानिकारक नहुन सक्छन्।

    तर तिनले हानि गर्ने सम्भावना पनि हुन्छ। साउथ चाइना मोर्निङ पोस्टले धेरै लसुन खाएकी एउटी महिलाबारे समाचार प्रकाशित गरेको थियो। उनले डेढ किलोग्राम लसुन खाएपछि घाँटीमा गम्भीर जलन भएका कारण अस्पतालमा उपचार गराउनुपरेको थियो। सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो। तर निश्चित भाइरससँग सङ्घर्ष गर्न निश्चित खानेकुराले सहयोग गर्छ भन्ने प्रमाण छैन।

    २. ‘मिरकल मिनरल’

    हजारौँ फलोअर रहेका युट्युबर जोर्डन सेदरले एमएमएस भनिने ‘मिरकल मिनरल’ ले कोरोनाभाइरसलाई नष्ट गर्ने दाबी गरिरहेका छन्। त्यसमा रङ्ग उडाउन प्रयोग गरिने पदार्थ (ब्लीचिङ एजेन्ट) क्लोरिन डाईअक्साईड हुन्छ। सेदर र अन्य केही व्यक्तिले कोरोनाभाइरसको प्रकोप हुनुअघि पनि उक्त पदार्थको प्रवर्धन गरेका थिए। ज्यानुअरी महिनामा उनले ट्वीट गरे, “एमएमएस क्यान्सरका कोष मार्न मात्र प्रभावकारी छैन, यसले कोरोनाभाइरस पनि नष्ट गर्न सक्छ।” गत वर्ष यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले एमएमएस सेवन स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएको थियो।

    त्यसबारे अन्य देशमा स्वास्थ्य अधिकारीहरूले पनि चेतावनी जारी गरेका थिए। एफडीएले भनेको छ, “कुनै रोगको उपचारको निम्ति यो उत्पादन सुरक्षित र प्रभावकारी रहेको कुरा कुनै अनुसन्धानले देखाएको छैन।”उसले त्यो सेवम गर्दा वाकवाक लाग्ने, बान्ता हुने, पखाला लाग्ने र शरीरमा पानीको मात्रा कम हुने गम्भीर लक्षण देखिन सक्ने चेतावनी दिएको थियो।

    ३. घरेलु स्यानिटाईजर

    भाइरसको सङ्क्रमण रोक्ने एउटा मुख्य विधिमा हात स्वच्छ राख्न दलिने ‘स्यानिटाईजर जेल’ पनि पर्छ। तर धेरै ठाउँबाट स्यानिटाईजरको अभाव भएको समाचार आएको छ। इटलीमा सामाजिक सञ्जालमा घरमै स्यानिटाईजर जेल बनाउने विधिबारे चर्चा गरिएको छ। तर त्यस्ता विधिबाट बनाइने जेल छालामा प्रयोग गर्न उपयुक्त नहुने वैज्ञानिकहरूले औँल्याएका छन्।

    अल्कोहल प्रयोग गरेर बनाइएका हातमा लगाउने जेलमा प्राय: छालालाई नरम बनाउने तत्त्व पनि हुन्छन्। अल्कोहलको मात्रा ६०-७० प्रतिशत हुन्छ। लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनकी प्राध्यापक स्याली ब्लूमफील्डका अनुसार हात सफा गर्ने प्रभावकारी जेल घरमा बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त छैनन्। किनभने सबैभन्दा कडा मदिरा मानिने भोड्कामा पनि ४० प्रतिशत मात्र अल्कोहल हुन्छ। यूएस सेन्टर्स फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार भुइँ वा भित्ता सफा गर्न प्राय: प्रयोग हुने डिस्इन्फेक्टन्ट नै प्रभावकारी हुन्छन्।

    ४. पिउने चाँदी

    अमेरिकी टेलिभिजनमा इसाईधर्मको प्रचार गर्ने जिम बेकरको कार्यक्रममा “कलोइडल सिल्भर”को प्रचार गरिएको थियो। कलोइडल सिल्भरमा चाँदीका सूक्ष्म कण तरल पदार्थमा मिसाइएको हुन्छ। उक्त कार्यक्रममा एक अतिथिले कलोइडल सिल्भरले १२ घण्टामा केही प्रकारका कोरोनाभाइरसलाई मारिदिने दाबी गरेका थिए।

    तर उनले कोभिड-१९ गराउने कोरोनाभाइरसमा परीक्षण नगरिएको स्वीकारेका थिए। यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भयो। तर अमेरिकी स्वास्थ्य अधिकारीहरूले कुनै पनि स्वास्थ्योपचारका लागि त्यसको प्रभावकारिता प्रमाणित नभएको स्पष्ट परेका छन्। अझ महत्त्वपूर्ण कुरा के हो भने चाँदीमिश्रित पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पर्न सक्छ। त्यस्ता प्रभावमा मिर्गौला बिग्रिने, छारेरोग लाग्ने र छाला नीलो हुने एक प्रकारको रोग छन्। उनीहरूका अनुसार फलाम वा जिङ्कजस्तो धातु नभएकाले चाँदीको मानिसको शरीरमा कुनै उपयोगिता छैन।

    ५. प्रत्येक १५ मिनेटमा पानी खाने

    धेरै जनाले सामाजिक सञ्जालमा प्रेषित गरेको एउटा सन्देशमा एक “जापानी चिकित्सक”लाई उद्धृत गर्दै प्रत्येक १५ मिनेटमा पानी खानुपर्छ भनिएको छ। उनका अनुसार त्यसो गर्दा मुखबाट शरीरमा प्रवेश गरेका भाइरसलाई बाहिर निकाल्न सकिन्छ। त्यो सन्देश अरबी भाषामा हजारौँ पटक शेअर भएको छ। तर प्राध्यापक ब्लूमफील्डले धेरै पानी खाँदा भाइरस पखाल्न सहयोग पुग्ने प्रमाण नभएको बताइन्।

    हावाबाट सर्ने भाइरसहरू सासनली हुँदै शरीरमा छिर्छन्। तीमध्ये केही मुखमा जान सक्छन्। तर बारम्बार पानी खाए पनि तपाईँ सङ्क्रमणबाट जोगिन सक्नुहुन्न। तैपनि पानी खानु र शरीरमा पानीको मात्रा कम हुन नदिनु राम्रो हो।

    ६. तातो पानीको प्रयोग गर्ने, आईसक्रीम नखाने

    भाइरसलाई तातोले मार्ने दाबीसहित तातो पानी सेवन गर्ने, तातो पानीले नुहाउने वा कपाल सुकाउने उपकरण प्रयोग गर्ने जस्ता सुझाव पनि दिइएको छ। विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेअर गरेका सन्देशमा यूनिसेफलाई अनुचित रूपमा उद्धृत गरिएको छ। तिनमा तातो पानी सेवन गर्ने र घाममा बस्ने गर्नाले भाइरस मर्छन् भन्ने दाबी गरिएको छ तथा आईसक्रीम नखान सुझाव दिइएको छ।

    निसेफका निम्ति कोरोनाभाइरससम्बन्धी मिथ्या सूचनाबारे काम गर्ने शार्लोट जोर्नित्ज्काले भनिन्, “यूनिसेफलाई उद्धृत गरिएको यो कुरा पूर्णत: असत्य हो।” उनी भन्छिन्: फ्लू भाइरस शरीरबाहिर गर्मीमा बाँच्दैनन् भन्ने हामीलाई थाहा छ, तर कोरोनाभाइरसलाई कसरी तातोले प्रभाव पार्छ भन्ने अझै थाहा भएको छैन।

    प्राध्यापक ब्लूमफील्डका अनुसार भाइरसका लागि शरीरलाई अनुपयुक्त बनाउन शरीर तातो राख्ने प्रयास गर्ने वा घाममा बस्ने कुरा पूर्णतया अप्रभावकारी हुन्। “एक पटक भाइरस शरीरमा पस्यो भने त्यसलाई मार्ने कुनै उपाय छैन, तपाईँको शरीरले मात्र त्यो सँग लड्ने क्षमता राख्छ।” उनका अनुसार शरीरबाहिर भाइरस मार्न झन्डै ६० डिग्री सेल्सीअस तापक्रम चाहिन्छ जुन साउना वा तातो पानीले नुहाउँदाभन्दा अत्यधिक हो।

    तन्ना वा रुमाल ६० डिग्रीमा धुनु राम्रो हो। किनभने त्यसो गर्दा कपडामा भएका भाइरस मर्छन्। तर छाला सफा गर्ने यो उपाय व्यावहारिक छैन। अनि तातो पानीले नुहाउँदा वा तातो पदार्थ सेवन गर्दा शरीरको तापक्रममा परिवर्तन हुँदैन। बिरामी नभएसम्म शरीरको तापक्रम स्थिर रहन्छ। यो सामग्रीका लागि बीबीसी मोनिटरिङले पनि अनुसन्धान गरेको थियो

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.