गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान राख्न सफल भएको छ ।
मङ्गलबार तोलाको ८२ हजार ७०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
विश्वभर फैलिएको कोरोनाका कारण पनि सुनको भाउ उच्च हुन थालेको संघले जनाएको छ । सुनको भाउ अझै बढन सक्ने अनुमान गरीएको छ ।



