- ७ जनालाई गोरखा अस्पतालमा ल्याईयो
गोरखा समाचारदाता
गोरखा – गोरखाको सौरपानीबाट सदरमुकाम तर्फ आउदै गरेको जिप दुर्घटनाका ३ जना घाईतेलाई उपचारका लागि राजधानी लगिएको छ ।
दुर्घटनामा परेका अन्य ७ जनाको भने गोरखा अस्पतालमा उपचार भई रहेको छ ।
सौरपानी क्षेत्रबाट गोरखा बजार तर्फ आउदै गरेको बा. १५ च १०१६ नम्बरको जिप बारपाक सुलिकोट गाउँपालिका ४ को केउरा भन्ने स्थानको कच्ची सडकमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुदा जिपमा सवार बारपाक सुलिकोट गाउँपालिका ४ की १९ बर्षिया बिमला गुरुङ सोही स्थानकी ६० बर्षिया बुद्वबहादुर गुरुङ, २० बर्षिया रमा गुरुङ, ३३ बर्षिय श्रीमान गुरुङ, २३ बर्षिय बिनोद गुरुङ, ६० बर्षिया क्षेत्रकुमारी गुरुङ, ३७ बर्षिया टेकमाया गुरुङ, टेकमायाकी छोरी बर्ष ६ कि सनिता गुरुङ, ७३ बर्षिया सुकमाया गुरुङ, बर्ष ५२ की राजकुमारी गुरुङ र चालक ४० बर्षिय आनन्दकुमार गुरुङ घाईते भएका हुन ।
घाईते मध्ये बिमला, रमा, श्रीमान र बिनोद गुरुङ गंभिर घाईतेहरुलाई माउन्टेन एयरको हेलिकप्टर मार्फत २ पटक गरेर राजधानी लगिएको हो ।
उनीहरु सबैको ग्रिन सिटी अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
फोटो सौजन्य : हुसेन मुबारक मियाँ/सौरपानी-सुबास घिमीरे (नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखा)











