गोरखा समाचारदाता
गोरखा – गोरखाको मान्बुमा भएको दुर्घटना पिडितका लागि आर्थिक संकलन अभियान थालीएको छ ।
धार्चे गाउँपालिकाले जिप दुर्घटनामा परेकाहरुको उपचारका लागि आर्थिक अभाव भएको भन्दै आर्थिक संकलन अभियान थालेको हो ।
आरुघाट गाउँपालिका १ को र्धोरचेतमा फागुन २१ गते भएको जीप दुर्घटना परि धार्चे गाउँपालिकाकी उपाध्यक्ष सहित ७ जना घाइते भएका थिए । पालिकाले विज्ञप्ती नै जारी गर्दै आर्थिक सहयोगका लागि सबैमा आग्रह समेत गरेको छ ।
गाउँपालिकाको कामको शिलशिलामा केरौजा गएको बा. १ च ५५०५ नम्बरको जिप दुर्घटना हुदा पालिकाको कर्मचारी, क्यामेरा मेन र जिप चालक समेत घाईते भएका थिए भने सोही घटनामा केरौजाका वडा सचिवकोको घटना स्थलमा नै ज्यान गएको थियो ।
घटना भएको १२ घण्टा पछि सवै घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत राजधानीको नर्भिक अस्पतालमा उपचारको लागि लगिएको थियो ।
हालसम्म १ लाख ३० हजार भन्दा बढि रकम संकलन भईसकेको जनाइएको छ । आर्थिक सहयोग संकलन गर्न इच्छुुक व्यक्तिहरुले धार्चे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको सिभिल बैंकमा रहेको खाता नम्बर ७५ १०३५७०४१०७८ मा रकम जम्मा गर्न सक्ने उल्लेख गरेको छ ।
वडा नम्बर ६ को केरौजामा अपांगता परिचय पत्र बितरणका लागि गएको जीप दुुर्घटनामा परेको हो ।



