गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाम तर्फ आउदै गरेको जिप दुर्घटनामा परेको छ ।
सौरपानी क्षेत्रबाट गोरखा बजार तर्फ आउदै गरेको बा. १५ च १०१६ नम्बरको जिप बारपाक सुलिकोट गाउँपालिका ४ को केउरा भन्ने स्थानको कच्ची सडकमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुदा जिपमा सवार ८ जना घाईते भएका छन । घाईते मध्ये पनि ४ जनाको अवस्था गंभिर भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घाईते सबैलाई हेली माउन्टेन एयरको हेली मार्फत उद्वार गर्न लागिएको छ । जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा परी बारपाक सुलिकोट गाउँपालिका ४ की १९ बर्षिया बिमला गुरुङ सोही स्थानकी ६० बर्षिया बुद्वबहादुर गुरुङ, २० बर्षिया रमा गुरुङ, ३३ बर्षिय श्रीमान गुरुङ, २३ बर्षिय बिनोद गुरुङ, ६० बर्षिया क्षेत्रकुमारी गुरुङ, ३७ बर्षिया टेकमाया गुरुङ, टेकमायाकी छोरी बर्ष ६ कि सनिता गुरुङ, ७३ बर्षिया सुकमाया गुरुङ, बर्ष ५२ की राजकुमारी गुरुङ र चालक ४० बर्षिय आनन्दकुमार गुरुङ घाईते भएका हुन ।
घाईते मध्ये बिमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङ गंभिर घाईते भएकी छिन । घाईते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ ।


