गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाम तर्फ आउदै गरेको जिप दुर्घटनामा परेको छ ।
सौरपानी क्षेत्रबाट गोरखा बजार तर्फ आउदै गरेको बा. १५ च १०१६ नम्बरको जिप केउरा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुदा जिपमा सवार ८ जना घाईते भएका छन । घाईते मध्ये पनि ४ जनाको अवस्था गंभिर भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घाईते सबैलाई हेली मार्फत उद्वार गर्ने कोशिस भई रहेको छ ।
दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ ।


