गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा आज (मंगलबार) बाट बन्द गरिएको छ ।
अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन, इरान, दक्षिण कोरिया, जापान, इटली, कोरीया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अन अराइभल भिसा बन्द गर्न लागिएको जनाएको छ ।

अध्यागमन विभागका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गर्न लागिएको हो ।
ति देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाण पत्र सहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।


