गोरखा समाचारदाता
काठमाण्डौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ ।
कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै संघिय राजधानी काठमाडौं लगायत देशका सबै स्थानमा फागु खेल्न रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समन्वय समितिले फागु खेल्न नपाइने निर्णय गरेको हो । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले फागु खेल्न नपाइने निर्णय गरिएको ७७ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
यसअघि नै प्रशासनले अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइसकेको छ ।
प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि स्वीकृत दिन समेत रोकेको छ ।


