गोरखा समाचारदाता
काठमाण्डौं –विश्व भरी नै कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कतारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ ।
रोक लगाएको देशमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको हो ।
कतारको सरकारी सञ्चार कार्यालय जिसिओले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ । जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना जोखिमको क्षेत्रमा ८ औं नम्बरमा राखेको छ ।




















