गोरखा समाचारदाता
लमजुङ – लमजुङको राईनासमा पौडी खेल्ने क्रममा १ जनाले ज्यान गुमाएको छ ।
राईनास नगरपालिका ७ को चेपे खोलामा पौडी खेल्ने क्रममा स्थानिय अनिल नेपालीको ज्यान गएको हो ।
चेपेखोलाको गगटे भन्ने स्थानमा पौडी खेली रहेका १४ बर्षिय नेपाली पानीमा डुब्दा ज्यान गएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
दिउसो १ः२० बजे भएको घटनामा नेपालीलाई समयमा नै उद्वार गर्न नसक्दा उनको चेपेखोलामा नै ज्यान गएको हो ।


