गोरखा समाचारदाता
तनहुँ – तनहुँको कालिमाटी भन्ने स्थानमा सवारी दुर्घटना हुदा २ जना घाईते भएका छन ।
भानु नगरपालिका १० को कालिमाटी मा लमजुङको वेशिसहरबाट नारायणगढ तर्फ जादै गरेको ना.१० प ८९९७ नम्बरको मोटर साईकल विपरीत दिशाबाट आई रहेको ना.१ ज ६४७९ नम्बरको माईक्रो संग ठक्कर खादा मोटर साईकलमा सवार २ जनाई घाईते भएका हुन ।
घाईते दुवैलाई उपचारको लागि चितवनको भरतपुर स्थित मेडिकल कलेज पठाइएको बाइसजंगार प्रहारीले जानकारी दिएको छ । घाईते हुनेहरुमा मोटरसाईकल चालक काठमाण्डौं बुढानिलकण्ठ बस्ने बर्ष २३ का विवेक अर्याल र सोही मोटर साईलकमा सवार सुर्खेत विरेन्द्रनगर नगरपालिका ७ बर्ष २० की अञ्जिता बस्नेत छन ।
घटना लगत्तै माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


