गोरखा समाचारदाता
बारा – बाराका पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आईतबार बिहान पक्राउ गरेको छ ।
बारागढी गाँउपालिका–५ स्थित घरमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१२ वर्षदेखि फरार रहेका फौजदारलाई पक्राउ गर्ने बेलामा स्थानियले अवरोध गरे पछि प्रहरीले ४ राउन्ड गोली हावामा चलाउनु परेको बाराप प्रहरीले जाकारी दिएको छ ।
अदालतले मुख्य दोषी ठहर गरेपनि फौजदार फरार थिए । सशस्त्र युद्धको समयमा तत्कालीन माओवादीले २०६४ असोज १८ गते साहको अपहरण गरेर हत्या गरेका थिए ।
शाहको शव कार्तिक २३ गते बाराको जंगलमा फेला परेको थियो । शान्ति सम्झौतमा आइसकेको माओवादीले शाहको टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थियो । हत्यारा मध्येका २ जना लालबहादुर चौधरी र हरेराम पटेल अझै फरार छन् ।




















