गोरखा समाचारदाता
काठमाण्डौं – अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
२ साता अघि मत्र नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको पुष्टी भएको हो ।
अहिले उत्त विद्यार्थीको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै बस्ने अन्य ४ जना र अन्य ३ जनालाई अहिले अष्ट्रेलियाली सरकारले १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।
फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया गएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । अष्ट्रेलियाको तास्मानियामा बस्ने नेपाली विद्यार्थीमा सहित अहिलेसम्म २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।




















