गोरखा समाचारदाता
गोरखा – गोरखाको दर्बुङमा काठ चोरी गर्ने १ जनालाई प्रहरी पक्राउ गरेको छ ।
जिल्लाको गण्डकी गाउँपालिका–८ दर्बुङमा मध्यरातमा बुढीगण्डकी नदिबाट काठ तार्दै गर्दा गण्डकी गाउँपालिका–५ का ४३ बर्षिया पूर्णबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले श्रेष्ठलाई सनिबार राती १२ः३० बजेको समयमा धादिङबाट गोरखातर्फ ट्युुबमा राखेर काठ तार्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पक्राउ परेका श्रेष्ठ संगै प्रहरीले ६ फिट लम्बाई भएको चारपाटे काठ ८ थान समेत नियन्त्रणमा लिएको छ ।
श्रेष्ठलाई ध्याल्चोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


