गोरखा समाचारदाता
आँबुखैरेनी – गोरखाको स्र्याङदी नदी माथि बनेको पुलबाट हामफालेका १ ब्यक्तिको उपचारको क्रममा ज्यान गएको छ ।
तनहँुको आँबुखैरेनी गाउँपालिका ३ घर भएका अनुप श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो ।
शुक्रबार साँझ सामान्य घरायसी झगडाका क्रममा गोरखा नगरपालिका १३ मा रहेको मस्र्याङदी पुलबाट हामफालेका थिए ।
पुलबाट हामफाल्ने क्रममा नदीको किनारमा बालुवामा परेका उनलाई तत्कालै उपचारको लागि तनहुँको आँवुखैरेनीमा रहेको छिम्केश्वरी अस्पतालमा उपचार गराउने क्रममा ज्यान गएको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।


