एजेन्सी – साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् ।
साउदी युवराज मोहम्मद बिन सलमानको निर्देशनमा राजाका भाइसहित तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।
राजपरिवारका उच्च सदस्यहरुलाई शुक्रबार बिहान पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले उल्लेख गरेका छन् । पक्राउ गर्नुको कारण खुलाइएको छैन ।
सन् २०१७ मा पनि धेरै राजपरिवारका सदस्यलाई युवराजको निर्देशनमा बन्धक बनाइएको थियो ।
उनी साउदी अरेबियाका सुधारवादी युवराज मानिन्छन् ।




















