गोरखा समाचारदाता
गोरखा – जिल्लाको जिल्लाको बत्ती आज नजाने भएको छ ।
सनिबार दिन भरी बत्ती जाने सूचना जारी गरेको गोरखा बितराण केन्द्रले झरी परेको भन्दै बत्ती नजाने जानकारी गराएको हो ।
जिल्ल्लाको गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, बुंकोट, नामजुङ, छोप्राक, गाँखु, खोप्लाङ, मिरकोट र वरपरका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने भनियता पनि झरीका कारण बत्ती नजाने भएको हो । बितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै आज ७ घण्टा बत्ती जाने जानकारी गराएको थियो ।
गोरखा सव स्टेशनसम्म प्रसारण गरीएको ३३ के भी लाइन मुनी तथा छेउछाउमा रहेका बाँस, घाँस, रुखका हाँगा काट्नका लागि सनिबार विद्युत कटौती गर्न लागेको नेपाल विद्युत प्राधिकरण गोरखा बितरण केन्द्र जनाएको थियो ।
मौषम सफा भएमा आईतबार वा सोमबार उत्त कार्य गर्ने वितरण केन्द्रका प्रमुख माधव न्यौपाने जानकारी दिए ।





















