गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पतालमा आईसोलेशन वार्ड स्थापना गरीएको छ ।
जिल्लामा कोरोना भाईरसको संक्रमीत भेटीएको खण्डमा उपचारको लागि उत्त वार्ड स्थापना गरीएको हो ।
गोरखा जिल्ला संघ सिमा जोडीएको चीनको २ वटा नाका बन्द गरीएको भएता पनि कुनै न कुनै वेला कोरोना संक्रमीत विरामी भेटीएको खण्डमा उपचार गर्न सहज होस भन्ने उद्वेश्यका साथ वार्ड स्थापना गरीएको मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिए ।
अस्पतालले सुविधा सम्पन्न २ वटा कोठालाई वार्डको रुपमा स्थापना गरेको हो । वार्डमा भर्ना हुने विरामीले दिशा पिसाव गर्न बाहिर जानुपर्ने छैन भने बातानुकुलित मेशिन समेत राखीएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
वार्ड विस्तारमा अस्पताल लागि रहेको छ । केही दिन भित्रै वार्डलाई ५ वटा कोठामा विस्तार गरीने अस्पताल प्रशासनले जनाएको छ ।
ओशोलेसन वार्डका लागि डा.सन्तोष बास्तोलाको नतृत्वमा डा.गणेश श्रेष्ठ, डा.विनोद दुवाडी, डा.कमलराज रोका, र वारिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकालको सहितको टोलीले गठन गरीएको छ ।




















