गोरखा समाचारदाता
गोरखा – गोरखाको धन्सारमा ट्याक्टर दुर्घटना हुदा १ जनाको घटना स्थलमा नै ज्यान गएको छ भने अन्य २ जना गंभिर घाईते भएका छन । घाईतेहरुलाई उपचारको लागि चितवन लगिएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ८ को धन्सार भन्ने स्थानमा शुक्रबार राती भएको दुर्घटनामा भएको हो ।
जौवारीबाट चनौटे तर्फ जादै गरेको ग. १ त ४६८२ नम्वरको ट्र्याक्टर धन्सारमा दुर्घटना हुआ दाङका २३ बर्षिय यज्ञबहादुर भण्डारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
दुर्घटनामा परी ट्क्टर चालक बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ का १९ बर्षिय सुमन अधिकारी र दाङ्ग जिल्ला घर भएका सुवास थापामगर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानिय स्वास्थ्य संस्थामा समान्य उपचार पछि थप उपचारका लागि चितवन पठाइएको हो।
घटना के कसरी भएको भन्ने बारेमा प्रहरी अनुसन्धान थालेको छ ।




















