गोरखा समाचारदाता
पोखरा – ९ लाखको चेकलाई सच्याएर ९९ लाख रुपैयाँ भूक्तानी लिन खोज्ने एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्वत कार्कीनेटा स्थायी घर भई पोखरा ७ बस्ने सरोज पौडेललाई प्रहरीले पक्राउ चेक अनादर मुद्दामा पक्राउ गरेरको हो ।
पौडेलले सुमितजंग अधिकारीको नाममा लिएको ९ लाखको चेकलाई अंक र अक्षर दुवै थपेर ९९ लाख वनाएर कामना सेवा विकास बैंक मार्फत क्लियरिङमा हालेको खुल्न आएको छ । अक्षरमा नाइनको अगाडी नाइन्टी थपगर्दा चेकको अक्षरमाथि नै पर्न गएको छ ।
ओभरल्याप हुने गरी सच्चाइएको चेक लिएर क्लियरिङ पठाउने कामना सेवा विकास वैंकको पनि मिलेमतो हुन सक्ने कास्की प्रहरीको अनुमान छ ।
यस अघि पनि पौडेलले होटल मनकामना दर्शनले दिएको ओम डेभलपमेन्ट बैंक लि.को चेक सच्चाएर क्लियरिङ सटही दावी गरेको आरोपको मुद्दामा अनुसन्धान भई रहेको छ ।
सामान्यत डवल राइटिङ र केरमेट भएको चेक समेतलाई वैंकले इन्कार गर्दछ तर ओभरल्याप गरेर सच्चाएको चेक स्वीकार गरेर क्लियरिङ पठाउने कामना सेवा विकास वैंकको नियत माथि गंभिर प्रश्न उब्जेको छ ।
यस प्रकरणमा चेक सच्चाउने पौडेल लाई मात्र चेक वुझेर सदर गरी क्लियरिङ सिस्टममा पठाउने कामना सेवाविकास वैंकलाई पनि राज्यको नियामक निकाय नेपाल राष्ट्र वैंक र नेपाल प्रहरी दुवैले अनुसन्धानको दायरामा ल्याउनु पर्ने पोखराका वैंकरहरु वताउँछन् ।


