गोरखा समाचारदाता
गोरखा – पूर्व प्रधानमन्त्री एवं समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष डा.बावुराम भट्टराईले दुर्घटनामा परेका घाईतेहरुलाइ भेट गरेका छन ।
राजधानीको नर्भिक अस्पताल पुगेर डा.भट्टराईले उनीहरुलाई भेटेर स्वास्थ्य स्थितीका बारेमा जानकारी लिएका हुन ।
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका साँसद समेत रहेका भट्टराईले गएको बुधबार आरुघाट गाउँपालिका १ को धोरतमा जिप दुर्घटनामा परेका धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ, कर्मचारीहरु निशा गुरुङ, शर्मिला गुरुङ, धनबहादुर गुरुङ, फेज नेपालका सुरज नेपाल, क्यामेरा मेन केयरसिं गुरुङ र चालक बालचन्द्र गुरुङलाई भेटी शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
डा.भट्टराईले आफ्नो फेसबुक पेजमा घाईतेहरु संग भेटेको फोटो राख्दै घटनामा परी ज्यान गुमाएका धार्चे गाउँपालिका ६ काशिगाउँका वडा सचिव किरण नेपाल प्रति हार्दिक श्रद्वाजली समेत अर्पण गरेका छन ।




















