गोरखा समाचारदाता
गोरखा – गोरखाको अजिरकोट गाउँपालिकामा रहेको प्रभावि माध्यामिक विद्यालयका विद्यार्थीहरुमा भाईरल संक्रमण देखिन थालेको छ ।
अजिरकोट गाउँपालिका वडा नम्बर २ खरिबोटको प्रभा माध्यामिक विद्यालयकामा अध्ययनरत विद्यार्थीहरुलाई रुघा, खोकी र ज्वरोको संक्रमण देखिएको हो ।
केही दिन यता देखि विद्यार्थीहरु रुघा, खोकी र ज्वरो आएका कारण बिरामी परेको विद्यालयका प्रधानाध्यापकले बताए। हिजो बिहीबार सम्म ५० जना भन्दा बढीलाई संक्रमण भएको विद्यालय प्रशासनले जनाएको छ ।
विरामी बिद्यार्थीहरु घरमा नै उपचार गराएर बसी रहेका छन । संक्रमणले सबै कक्षाका विद्यार्थीहरुलाई छोएको छ ।
मौषममा आएको परिवर्तनका कारण विद्यार्थीहरुमा भाईरल संक्रमण देखिएको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउछन ।
खरिबोटको खिम्पु, वलाङ र अपुनका बालवालिकामा भाईरल संक्रमण देखिएको हो ।




















