बेलायतमा पनि कोरोना भाईरस संक्रमणका कारण १ महिलाको ज्यान गएको छ ।
सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
गएको बुधबार ती महिला अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो ।
रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए ।
बेलायती अधिकारीहरु अहिले ती महिलासँग सम्पर्कमा रहेको व्यक्तिहरुको खोजी गरिरहेको बीबीसीले जनाएको छ ।
एजेन्सी


