कैलासबावु श्रेष्ठ
गोरखा – बुधबार राती गोरखाको मान्वु र्धोरचेतमा जिप दुर्घटना परी गंभिर घाईते भएका सबै खतरा मुक्त रहेका छन ।
नेपाली सेनाको हेलीमार्फत उद्वार गरी राजधानीको नर्भिक अस्पतालमा उपचार गराई रहेका सबै जना खतरा मुक्त रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार बिहान १० बजे देखी २ः३० बजे सम्म घाईते सबैको सिटी स्क्यान सम्पन्न भएको र त्यसबाट सबै बिरामी खतरा मुक्त रहेको जनाएको हो ।
धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले पनि सबै बिरामी खतरा मुक्त रहेको बताए । अस्पतालले सिटी स्क्यान गर्दा केही फेला पारेन अब केही सामान्य चेक जाँच होला । अहिले सम्मको अवस्था हेर्दा सबै घाईतेहरु खतरा मुक्त भएको अध्यक्ष गुरुङले बताए ।
घाईते सबैलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झारेर एम्बुलेन्स मार्फत नर्भिक अस्पताल लगिएको थियो ।
धार्चे गाउँपालिकाले बिहीबार काशिगाउँमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन बुधबार साँझ नै उप प्रमुख फुलमायाँ गुरुङ सहित ८ जना सवार बा. १ च ५५०५ नम्बरको जिप आरुघाट गाउँपालिका १ को र्धाेरचेतमा दुर्घटनामा परेको थियो ।
दुघटनामा परी वडा नम्बर ६ काशिगाउँका वडा सचिव किरण रिमालको घटना स्थलमा नै ज्यान गएको थियो । ज्यान गुमाउने रिमाल लमजुङ निवासी हुन ।
तस्बिर भगवानबावु मास्के



