गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउ बडने क्रम रोकिएको छैन । बिहीबार नेपाली ईतिहासमा नै सुनको भाउ भएको छ ।
बुधबार नयाँ किर्तिमान राखेको सुनको मूल्यमा बिहीबार तोलामा २०० रूपैयाँ अझै उच्च भएको हो ।
नेपाली बजारमा बिहीबार सुन प्रतितोला ८० हजार ७०० मा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए छ ।
त्यस्तै गरी तेजावी सुन प्रतितोला ८० हजरा ४०० र चाँदी प्रति तोला ८ सय ८० मा कारोबार भइरहेको छ ।
मंगलबार नेपाली बजारमा सुन तोलाको ७८ हजार ३०० मा कारोबार भएको थियो ।



