गोरखा समाचारदाता
काठमाण्डौं – ब्राजिलका फुटबलर रोनाल्डीन्हो पक्राउ परेका छन् ।
पाराग्वे जाने क्रमममा उनलाई नक्कली पासपोर्ट प्रयोग गरेका कारण पक्राउ गरिएको हो ।
३९ वर्षीय रोनाल्डीन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए ।
बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा पक्राउ परेका थिए ।
रोनाडीन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् ।
सन् २०१८ मा पर्यावरण कानुन उल्लंघन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए । सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो ।



