गोरखा समाचारदाता
गोरखा – गोरखाको पालुङटारमा १ महिलाको शव फेला परेको छ ।
विहीबार पालुङटार स्थित मस्र्याङदी नदीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।
पालुङटार नगरपालिका ६ वसेनि फाँट स्थित मस्र्याङदी नदीमा पानी तैरिरहेको अवस्थामा ४०/४५ बर्षिया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
उक्त शव कसको र कहाँ बाट आयो भन्ने बिषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


